अत्तरिया : अत्तरिया उद्योग बाणिज्य संघले सदस्यता नवीकरण र नयाँ सदस्यताको लागि आह्वान गरेको छ । संघको आज बसेको कार्य समितिको बैठकले आजको मिती देखी ३० दिन सम्म नयाँ सदस्यता लिन सकिने जनाएको छ ।
पुरानो सदस्यता नवीकरण गर्न पनि सकिने छ । त्यस्तै संघले नयाँ नेतृत्व चयनको लागी अधिबेशनको तयारी पनि शुरु गर्ने जनाएको छ । संघका अध्यक्ष अशोकराज देबकोटाले नयाँ सदस्यता लिने, सदस्यता नवीकरण गर्ने प्रकृया शुरु गरेको बताए ।
उनले यसको लागि एक महिना समय दिएको र त्यसपछि अन्य अधिबेशनको प्रकृयाहरु शुरु हुने जानकारी दिए । अध्यक्ष देबकोटाले संस्थालाई बलियो बनाउन यस क्षेत्रका सबै ब्यबसायीहरुलाई संघमा सदस्यता लिएर आबद्ध हुन समेत अपिल गरे ।