अछाममा रुखले च्यापिएर एक युवकको मृत्यु

अछाम : अछाममा एक जनाको मृत्यु भएको छ । रुखले च्यापिएर जिल्लाको मंगलसैन नगरपालिका–२ मिस्तुरुका २३ वर्षीय राजेश कामीको मृत्यु भएको हो ।

दाउराका लागि रुख काट्दा सोही रुखले च्यापिएर उनको मृत्यु भएको आफन्तले बताएका छन् ।
स्थानीय खम्म डाँडामा रुख काट्ने क्रममा रुखले च्यापिएका उनको घटनास्थलमै मृत्यु भएको वडाअध्यक्ष देवेन्द्र बोगटीले बताएका छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.