डोटीमा असोज ८ गते देखी प्रदेश स्तरीय फुटबल प्रतियोगिता हुने

दिपायल : डोटीमा प्रदेश स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । ‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ नाम दिइएको उक्त प्रतियोगिता असोज ८ गते देखी सुरु हुने आयोजकले जनाएको छ ।

नेपाली सेनाको भैरब प्रशाद गण, दिपायल सिलगढी नगरपालिका वडा नं. ६ को कार्यालय र जिल्ला अस्पतालल संयुक्तरुपमा प्रतियोगिताको आयोजना गरेका हुन् । जिल्ला सदरमुकाम सिलगढी स्थित टुडिखेलमा आयोजना हुने उक्त प्रतियोगितामा ८ वटा टिम सहभागि हुने आयोजकले जनाएको छ । प्रतियोगितामा डोटी, कैलाली, बाजुरा, अछाम, डडेल्धुरा र बैतडी जिल्लाका टिम तथा भैरब प्रसाद गण र उद्योग बाणिज्य संघको टिम सहभागी हुने छ ।

प्रतियोगितामा सहभागी हुन जिल्ला बाहिरबाट आउने खेलाडीहरुलाई बास तथा यातायातको व्यवस्था गरिएको भैरब प्रशाद गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले बताए । एनका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार एक लाख रहेको छ भने द्वितीय पुरस्कार पचास हजार रहेको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई ट्रफि प्रमाण पत्र सहित पुरस्कार वितरण गरिने छ । प्रत्येक खेलमा म्यानअफद म्याच र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद, ट्रफि र प्रमाणपत्र सहित पुरस्कृत गरिने गणपती कार्कीले बताए ।

जिल्लामा पहिलो पटक हुन लागेको प्रदेश स्तरीस्य प्रतियोगिताले यहाँको कला, संस्कृति र पर्यटनको पहिचान गराउने र खेल विकासमा महत्वपूर्ण टेवा पुग्ने आयोजकको दाबी छ । दिपायल सिलगढी नगरपालिका–६ का वडा अध्यक्ष नरेश मलासीले खेलकुदका विषयमा प्रदेश सरकार तथा संघीय सरकार उदासीन रहेको बताउँदै जिल्लामा खेलकुदको आयोजना गरेर सरकारलाई पनि खेलप्रति उत्तरदायी हुन सन्देश दिने लक्ष रहेको बताए ।

प्रतियोगिताले जिल्लामा चहलपहल बढाउनुका साथै यहाँका खेलाडी, व्यापार व्यवसायी तथा अभिभावकहरूलाई खेलको महत्व दर्शाउने र खेलाडीलाई खेलप्रति आकर्षित गर्ने आयोजकको उद्येश्य रहेको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.