धनगढी : धनगढीमा जारी टीम ईलाभेन संस्कार क्रिकेट प्रतियोगिताको फाईनलमा नारायण स्पोर्ट क्लव र युथ अफ टीकापुर भिड्ने भएका छन्। सोमबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा नेपाल वेष्ट्रन एकेडेमी धनगढीलाई ४ विकेटले पराजीत गर्दै फाईनल यात्रा तय गरेको हो ।
टस जितेर पहिला ब्याटिङ् गरेको नारायण स्पोर्ट क्लवले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा २ सय १४ रन जोडेको थियो । २ सय १५ रनको लक्ष पच्छ्याएको नेपाल वेष्ट्रन एकेडेमी १७ दखमलव ५ ओभरमा अल आउट हुँदै १ सय १९ रनमा समेटिन पुग्यो ।
सोमबारनै भएको अर्को सेमिफाईनल खेलमा सायल गाउँपालिका डोटिलाई पराजीत गर्दै युथ अफ टीकापुर फाईनल प्रवेस गरेको हो । सायलले दिएको १ सय ६ रनको लक्ष्य युथ अफ टीकापुरले १५ दशमलव ३ बलमा पूरा गर्दै फाईनलका लागि स्थान पक्का गरेको हो ।
प्रतियोतिताको फाईनल खेल मंगलबार दिउसो १ बजे देखि हुनेछ । प्रतियोगिता समापन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले गर्ने छन् । प्रतियो गिता विजेता टोलिले नगद १ लाख ११ हजार १ सय ११ र आकर्षक ट्रफि प्राप्त गर्ने छ ।
त्यस्तै उप विजेताले ५५ हजार ५ सय ५५ रूपैया नगद संगै आकर्षक ट्रफि प्राप्त गर्ने छ । चैत ३० गते देखि सुरू भएको प्रतियोगितामा १३ टीमको सहभागिता रहेको थियो ।
दुवै टोलिका कप्तानको ट्रफिमा दावि
पहिलो संस्करणको टीम ईलाभेन संस्कार क्रिकेट प्रतियोगिताको फाईनल पुग्न सफल नारायण स्पोर्ट क्लव र युथ अफ टीकापुरका कप्तानले ट्रफि जित्ने दावि गरेका छन् । फाईनलको पूर्व सन्ध्यामा सोमबार फाप्ला क्रिकेट मैदानमा आयोजति पत्रकार सम्मेलनमा नारायण स्पोर्ट क्लवका कप्तान लोकेन्द्र चन्दले आफ्नो टीम सन्तुलित रहेकाले ट्रफि जित्ने दावि गरे । अर्जुन ट्रफि र प्रधानमन्त्री कप खेलेका खेलाडी सम्मिलित आफ्नो टोली ब्याटिङ् र बलिङ् दुवैमा बलियो भएको उनको दावि छ । त्यस्तै युथ अफ टीकापुरका कप्तान डिकेन्द्र शाहले बलिङ सुरू देखिनै बलियो रहेको बताए । पछिल्लाखेलमा ब्याटिङ पनि सुधार भएकाले आफ्नो टोली बलियो रहेको रहेको उनी बताउछन् । विपछि टोलिलाई कम्जोर आकलन भने नगर्ने उनको भनाई छ ।
दुवै टोलि बलिया छन्, प्रतिष्पर्धा रोचक बन्छ : अध्यक्ष शाही
टीम ईलाभेन संस्कार सिनियर क्रिकेट प्रतियोगिताको फाईनल रोमान्चक बन्ने प्रतियोगिताका अध्यक्ष रामचन्द्र शाहीले अपेक्षा गरेका छन् । दुवै टोली ब्याटिङ र बलिङमा सन्तुलित ररहेका कारण रोमाञ्चक प्रतिष्पर्धा हुने शाहीको भनाई छ ।
