कैलालीको गोदावरीमा २५ गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा यहि माघ २५ देखि २८ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति गोदावरीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने बारे जानकारी दिएको हो ।

प्रतियोगिताका लागि नगरपालिका भित्रका १९ सामुदायिक र १४ संस्थागत गरी ३३ वटा विद्यालयको सहभागिता रहने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रयाग राज जोशीले बताए । उनले प्रतियोगितामा सहभागिताका लागि एकहप्ता अगाडि देखि विद्यालयलाई सूचना जारी गरेको र सोहि सूचना अनुसार ३३ ओटा सामुदायिक तथा संस्थागत विद्यालयहरुको नाम दर्ता भएको बताए । उनले प्रतियोगिता संचालनका लागि रबिन्द्र खनालको संयोजकत्वमा १७ सदस्यीय समिति पनि गठन गरिसकिएको बताए ।

प्रतियोगितामा भलिबल, कपड्डी, मार्सल आर्ट, एथलेटिक्स र फुटबल खेलहरु खेलाईने भएका छन् । सहभागि विद्यालयहरुमध्ये फुटबल खेलका लागि सबैभन्दा बढी टिमले नाम दर्ता गराएका छन् । फुटबलका लागि छात्र २७ र छात्रा ८ टिमले सहभागि हुने आयोजकले जनाएको छ ।

त्यस्तै भलिबलमा १९ छात्र ८ छात्रा, कवड्डीमा २४ छात्र, २३ छात्रा टिमले सहभागिता जनाएका छन् । सटफुटमा १४ छात्र, ११ छात्रा, त्रिपल जम्पमा ९ छात्र, ५ छात्रा, हाइजम्पमा १९ छात्र, ११ छात्रा, लमजम्पमा २१ छात्र, ११ छात्राका टिम सहभागि रहेका छन् ।

अन्य खेलमा भने छात्र टिमले मात्रै सहभागिता जनाएका छन् । जसमा मार्सलआर्टमा २० टिम, ज्याभालिङ्ग थ्रोमा १४ टिम र दौडमा ८ वटा विधामा १४८ टिमले सहभागिता जनाउन नाम दर्ता गरेको आयोजकले जनाएको छ ।

एथ्लेटिक्स प्रतियोगितामा प्रत्येक विद्यालयले रीले खेलको रुपमा महिला तथा पुरुष रीलेको प्रत्येक इभेन्टमा १/१ समुह मात्र र अन्य प्रत्येक इभेन्टमा बढीमा २ खेलाडीहरुलाई सहभागी गराउन सक्ने आयोजकले जनाएको छ । प्रतियोगितामा दौड तर्फ १०० मि. ,२०० मि. , ४००मि. , ८००मि. ,१५०० मि. , ३००० मि. ,४X१००मि. रिले, ४X४०० मि. रहनेछ ।

प्रतियोगिता गोदावरी नगरपालिका – ६ मा रहेको शैलेश्वरी मावि बडेहाँमा हुने भएको छ । प्रतियोगिता गोदावरी-६ मा रहेको शैलेश्वरी माध्यमिक बिद्यालयमा हुनेछ । प्रतियोगितामा १८ वर्ष भन्दा कम उमेर समूहका विद्यार्थीले भाग लिन पाउने बताईएको छ ।

प्रत्येक इभेन्ट्सका विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक रविन्द्र खनालले बताए । प्रतियोगिता संयोजक खनालले प्रतियोगितामा सहभागिका लागि १ लाखको स्वास्थ्य बिमा गरिएको बताए । उनले प्रतियोगिता संचालन हुने स्थानमा हेल्थ डेस्कको पनि व्यवस्था गरिने बताए ।

गोदावरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दोस्रो पटक आयोजना गर्न लागिएको हो । यसअघि अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविमा प्रतियोगिता आयोजना गरिएको थियो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.