अत्तरिया : कैलालीको दुर्गालक्ष्मी बहुमुखि क्याम्पस अत्तरियामा अध्ययनरत एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । गोदावरी नगरपालिका –१ बसन्तपुर बस्दै आएका बुद्धिसिंह बोगटीको करेन्ट लागेर मृत्यु भएको हो ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका –६ पलाडी घर भई बसन्तपुरमा बस्दै आएका बोगटीको सोमबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बोगटीको घरको छतमा फोनमा कुरा गर्दै गर्दा थ्रि फेज लाईनमा छुन पुग्दा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ ।
बोगटी दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियामा बिएड प्रथम बर्षमा अध्ययनरत थिए । उनको मृत्युको शोकमा आज क्याम्पसले शोक विदा दिएको छ ।