नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने

धनगढी : नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिनका लागि भोलि बोलाएको प्रदेश सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टीले कसैलाई पनि मत नदिने निर्णय गरेको हो ।

पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले राजबन्दी रिहा नभएसम्म कसैलाई विश्वासको मत मत नदिने बताइन् । नागरिक उन्मुक्तिको यो निर्णयसंगै सुदूर पश्चिम सरकार पूर्णता नपाउदै ढल्ने निश्चित भएको छ । प्रदेश सरकार गठनका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्छ ।

नागरिक उन्मुक्तिको साथ नपाए प्रदेश सरकारले २७ सांसदको समर्थन जुटाउन सक्ने अवस्था छैन । मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिई सक्नु पर्ने संबैधानिक प्राबधान छ ।

२७ गते रावल मुख्यमन्त्री नियुक्त भएको एक महिना पुग्दैछ । अन्य ६ वटै प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिएर सरकार विस्तार गरिसके पनि मुख्यमन्त्री रावलले भने विश्वासको मत नपाउदा अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन ।

५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिमको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस, एकीकृत समाजवादी र एकजना स्वतन्त्र भने विपक्षमा छन्। कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ जना प्रदेशसभा सदस्य छन् ।

मुख्यमन्त्री रावल नेकपा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक गरी २९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.