सुदूरपश्चिम प्रदेश खेलकुद छनोटः भलिबल प्रतियोगितामा डोटीको शानदार जित

अत्तरिया : धनगढीमा सम्पन्न पुरुष भलिबल प्रतियोगितामा डोटीको टिम विजयी भएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा डोटीले शानदार जित हासिल गरेको छ ।

आज भएको फाइनल खेलमा डोटीले अछामलाई ३–० को सोझो सेटमा पराजित गरेको डोटी टिमका म्यानेजर गणेश कठायतले जानकारी दिए।

यस अघि डडेल्धुरा, बाजुरा र दार्चुलालाई हराउँदै डोटी फाइनलमा पुगेको डोटी टिमका प्रशिक्षक लाल जोराले बताए । धनगढी स्थित कवडहलमा प्रतियोगिता भएको थियो ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.