गोदावरीमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ समिती गठन

अध्यक्षमा लोकेन्द्र धामी चयन

अत्तरिया : गोदावरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) गठन भएको छ । गोदावरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ गोदावरी नगर भरीका खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरुको छाता संगठन हो ।

सोमबार अत्तरियामा खानेपानी समितिका प्रतिनिधीहरुको भेलाले समितिको अध्यक्षमा लोकेन्द्र धामीलाई चयन गरेको छ । गेटा खानेपानी उपभोक्ता समितीबाट अध्यक्ष बनेका धामीको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ ।

उपाध्यक्षमा शान्ति वि.क (चौकीडाँडा दक्षिण कटान खा.पा.उ.स.), सचिवमा रमेश कुमार ओली (श्रीपुर खा.पा.उ.स.), चयन भएका छन् भने कोषाध्यक्षमा उर्मिला बोगटी (अत्तरीया साना शहरी खा.पा.उ.स.) र सह सचिवमा बल बहादुर बडैला (गोदावरी कोलमुडा खा.पा.उ.स.) चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा गम्ब मिजार (जनप्रभात खा.पा.उ.स.),पार्वति सार्की (खमौरा खा.पा.उ.स.), राम बहादुर मल्ल (बास्कोटा खा.पा.उ.स.), राम कृष्ण चौधरी (बडेहाँ विजौरा खा.पा.उ.स.) चयन भएका छन् ।

यस्तै जिल्ला अधिवेशन प्रतिनिधि तर्फ लोकेन्द्र धामी, जानकी देवी पाठक, आशा देवि कडायत, कृष्ण बहादुर वि क, रमेश ताम्राकार, मान बहादुर रावल र विजय वि.क लाई चयन गरेको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.