सुदूरपश्चिममा प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री रावलको विश्वासको मतबारे अन्यौल

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको आजको प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक भोलि (बिहीबार) दिउँसो १ बजे पुन: बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सत्तागठबन्धनमा निर्णायक नागरिक उन्मुक्तिले विश्वासको मत दिनेबारे हालसम्म अनिर्णित बन्दा रावल नेतृत्वको सरकार संकटमा देखिएको छ । पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका रावलले एक महिनासम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएकाले भोलिसम्म मात्र म्याद छ । ५३ जना प्रदेशसभा सदस्य रहेको यस प्रदेशमा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए ।

अहिले सम्म एमाले, माओवादी र राप्रपाको मत पाउने निश्चित भएपनि नागरिक उन्मुक्ति अझै अनिर्णित छ । नागरिक उन्मुक्तिका ७ सांसदले विश्वासको मत नदिए सरकार संकटमा पर्छ । नागरिक उन्मुक्तिका सबै सांसद अहिले काठमाडौंमा छन् । गठबन्धनमा सहमतिको प्रयास भइरहेको छ ।

‘हाम्रो लागि माग मुद्दा पहिलो हो मुद्दा सम्बोधन नभएसम्म विश्वासको मत लिने कुरा छैन’, नागरिक उन्मुक्ति संसदीय दलका नेता रामेश्वर चौधरीले भने । सुदूरपश्चिममा सत्ता गठबन्धन भित्र माओवादीका ११ (सभामुख सहित), एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.