धनगढीमा रहेको शिवशिखर बहुद्देश्यीय सहकारीको कार्यालयमा ताला

धनगढी : धनगढीमा रहेको शिवशिखर बहुद्देश्यीय सहकारी संस्थाको कार्यालयमा ताला लगाइएको छ । बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा सेवाग्राहीहरूले कार्यलयमा मंगलबार तालाबन्दी गरेका हुन् ।

शिवशिखर बहुद्देश्यीय सहकारी संस्थाको सुदूरपश्चिम प्रदेश कार्यालयले सूचना जारी गर्दै कार्यालय बन्द रहेको जानकारी दिएको छ ।भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका अधिकांश जिल्लामा सेवा विस्तार गरेको शिवशिखर सहकारीका सुदूरपश्चिम प्रदेश प्रमुख हेमराज जोशीले सेयरधनी र ग्राहकको रकम फिर्ता गर्न नसक्ने स्थिति भएपछि मंगलबारबाट धनगढी सेवा कार्यालय बन्द गरेको जानकारी दिए ।

“पुँजी व्यवस्थापन हुन नसक्दा तथा बजारको लगानी असुली नभएकाले केही दिनका लागि सेवा बन्द गरिएको छ,” जोशीद्वारा जारी सूचनामा उल्लेख छ । सबै बचतकर्ता एकैपटक चल्ती खाता, मुद्दती रकम र सेयर रकम झिक्न आउँदा पुँजी व्यस्थापन हुन नसकेको उनले बताए । सहकारी आर्थिक संकटमा परेको खबर सार्वजनिक भएपछि सहकारीका ग्राहकले धमाधम रकम झिक्न खोजिरहेका हुन् ।

कैलाली धनगढी उपमहानगरपलिाका –१४ स्याउले बजारका प्रकाश मल्लले सहकारीमा राखिएको बचत रकम फिर्ता माग्न गए पनि नगद सकिएको भन्दै फिर्ता पठाइएको बताए । यता, सहकारीका सुदूरपश्चिम प्रदेश प्रमुख जोशीले भने अर्को सूचना जारी नभएसम्म कार्यालय बन्द रहने जानकारी दिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.