अत्तरिया : कैलालीको गाेदावरीमा सञ्चालन भईरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छात्रा फुटबलको फाईनलमा दुर्गा भवानी मावि प्रथम भएको छ ।
दुर्गा भवानी मावि हरैया र दुर्गा लक्ष्मी मावि अत्तरिया बिच आज भएको खेलमा गाेदावरी-७ मा रहेको दुर्गा भवानी मावि प्रथम भएको हो ।
खेलकाे पहिलाे हाफकाे ११ मिनेटमा दुर्गा भवानी मावि कि टिम क्याप्टेन मिना देउवाले पहिलाे गाेल गरी दुर्गा भवानी लाई अग्रता दिलाएकि थिईन । दाेस्राे हाफकाे अन्तिम मिनेटमा दुर्गा लक्ष्मी मावि कि छात्रा गंगा साउँदले गाेल फर्काएकी थिईन र खेल बराबरी भएकाे थियाे ।
त्यसपछि खेल पेनाल्टी सुटमा ३ गाेल दुर्गा भवानी मावि हरैयाले हान्याे भने दुर्गा लक्ष्मी मावि २ गाेलमा सिमित भयो । उक्त खेल भैरव खेल मैदान खैरानामा भएकाे थियाे ।
उक्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने दुर्गा भवानी मावि की खेलाडी मिना देउवा, नन्दा चिराल, तृप्ति कापडी र सरस्वती राेका मगर रहेका छन् ।