सुदूरपश्चिम प्रदेशमा सांसदका स्वकीयहरूले ५ वर्षमा बुझे पौने ७ करोड

धनगढी : सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवहरूको तलबमा मात्रै पौने ७ करोड बढी खर्च भएको छ ।

मासिक पारिश्रमिकसहित विभिन्न सुविधा लिने मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुखसहित प्रदेश सभा सदस्यहरूका स्वकीय सचिवहरूलाई नायब सुब्बादेखि शाखा अधिकृत सरहकै तलब सुविधा दिइएको छ । उनीहरूको तलबमा मात्रै ५ वर्षको अवधिमा ६ करोड ८२ लाख ६४ हजार २५० रुपैयाँ खर्च भएको हो ।

प्रदेश सरकारले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी ऐन, २०७५ नै ल्याएर सभामुख, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेताका स्वकीय सचिवलाई शाखा अधिकृत र प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवहरूलाई नासु सरहको तलब भुक्तानी दिँदै आएको थियो ।

यहाँ १६ जना प्रत्यक्ष र २१ जना समानुपातिकबाट गरी ५३ जना प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । ती सबैको ५ वर्षको कार्यकाल पूरा हुँदैछ । सुदूरपश्चिम प्रदेश सभा सचिवालयको तथ्याङ्कअनुसार ५ वर्षको अवधिमा उनीहरूको तलब तथा निजी सचिवालय बन्दोबस्त शीर्षकको समेत रकम जोड्ने हो भने ८ करोड बढी रकम खर्च भएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.