धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले पदभार ग्रहण गरेका छन् । शुक्रवार प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण लिए लगत्तै उनले मुख्यमन्त्री कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले भ्रष्ट्राचार मुक्त प्रदेश बनाउने पहिलो निर्णय गरेका छन् ।पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्र रावलले हिजो प्रदेश प्रमुख जोशीलाई आफ्नो राजीनामा बुझाएका थिए ।
विश्वासको मत लिन संसदमा प्रस्ताव पेश गरेका रावलको प्रस्ताव नै बहुमतले अस्वीकृत गरेपछि रावलले राजीनामा बुझाएका हुन् ।संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री नियुक्त भएका काँग्रेस संसदीय दलका नेता शाहले पनि ३० दिन भित्र विश्वासको मत लिनु पर्नेछ ।