कृष्णपुरमा कम्लहरी तथा मुक्त कमैयालाई तरकारी तथा कृषि सामाग्री वितरण 

गुलरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले कम्लहरी तथा मुक्त कमैयालाई तरकारीको बिउ तथा कृषि सामाग्री वितरण गरेको छ । आइतबार नगरपालिकाको कृषि शाखामा एक औपचारिक कार्यक्रमका बिच नगरप्रमुख हेमराज ओझा र उपप्रमुख द्रोपती रानाले सयुंक्त रूपमा नगरपालिकामा रहेका कम्लहरी तथा मुक्त कमैयाहरुलाई उक्त सामाग्री वितरण गरेको हो ।

नगरपालिकाले ६ प्रकारका बेमौसमी तरकारीको बिउ, सिचाइको लागि एक थान हजारी र एकथान इलेक्ट्रीक स्प्रे वितरण गरेको छ । नगरपालिकाको कृषि शाखाले तालिममा सहभागी हुन इच्छुक कम्लहरी तथा मुक्त कमैयालाई २१ दिने सूचना जारी गरेको थियो उक्त सूचनाका आधारमा २१ दिनसम्म वडा न ३ र ६ का १ दर्जन कम्लहरी तथा मुक्त कमैयाले आवेदन दिएका थिए ।

आईतबार नगरका कम्लहरी तथा मुक्त कमैयाहरु तरकारी खेती सम्बन्धि तालिममा सहभागी भएका थिए ।

तरकारीको बीउ तथा कृषि सामाग्री वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख ओझाले कम्लहरी तथा मुक्त कमैया दाजुभाइ तथा दिदीबहिनीहरुको जीवन स्तर माथि उकास्न आफुले सक्दो प्रयास गरिरहेको बताए । उनले कम्लहरी तथा मुक्त कमैयाहरुले व्यवसायीक तरकारी खेती गर्न चाहे नगरपालिका बीउ र मलखादमा अनुदान एवं सिचाइ तथा बजारीकरणमा सहयोग गर्न तयार रहेको बताए ।

नगरप्रमुख ओझाले नगरपालिका अधिकांश नागरिक कृषिमा निर्भर रहेका तर व्यवसायीक भन्दा निर्वाहमुखी मात्र भएकाले अब आधुनिक प्रविधिको प्रयोग गर्दै व्यवसायीक कृषि खेतीमा अगाडि बढ्नुपर्ने बताए । उनले किसानले दुख गरेर तरकारी उत्पादन गर्ने तर लागत अनुरुपको उपयुक्त मुल्य नपाउने गरेको भन्दै आफू नगरपालिकाका सम्पुर्ण किसानको समस्यालाई मध्यनजर गर्दै कोल्ड स्टोर निर्माणको तयारीमा लागेको बताए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.