अत्तरियामा लघुवित्तिय संस्थाहरुको ज्यादती विरुद्ध विरोध प्रर्दशन

अत्तरिया : कैलालीको अत्तरियामा लघुवित्तिय संस्थाहरुको ज्यादती विरुद्ध विरोध प्रर्दशन गरिएको छ ।

देशव्यापी विरोध प्रदर्शन अन्तर्गत अत्तरियामा पनि लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति सुदुरपश्चिमले लघुवित्तिय संस्थाहरु खारेज गरौ भन्दै प्रदर्शन गरेको हो ।

Godawari_Tato hawa_Lu

बाचौ बचाऔं र अघिबढौ, लघुवित्तिय संस्थाहरुको ज्यादती विरुद्ध एक जुट हौ भन्ने नाराका साथ बिभिन्न मागहरु राख्दै प्रदर्शन गरिरहेको छ।

नवसामन्तीको रूपमा स्थापित लघुवित्तिय संस्थाहरू खारेज गर, लघुवित्तिय संस्थाहरूद्वारा लगाईएको सामुहिक ऋण मिनाह गर, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास गर लगायतका मागहरु रहेका छन् ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.