युवा नेता रावलद्वारा जन्मदिनको अवसरमा सुप समावेशीलाई शैक्षिक सामाग्री तथा खाद्यान्न सहयोग 

अत्तरिया : कैलालीको अत्तरियामा रहेको सुप समावेशीलाई शैक्षिक सामाग्री तथा खाद्यान्न वितरण गरिएको छ ।

युवा संघ नेपाल केन्द्रिय सचिवालय सदस्य जितेन्द्र रावलले अपाङ्गता अध्ययनरत सुप समावेशीलाई आफ्नो जन्मदिनको अवसरमा उक्त सामाग्री वितरण गरेका हुन् ।

उनले विद्यालयलाई कापि, कलम र चामल सहयोग गरेका छन् ‌। युवा नेता तथा समाजसेवी रावलले हरेक बर्ष आफ्नो जन्मदिनमा अनाथ असहायलाई सहयोग गरी मनाउदै आएका छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका -२ बाणि बसोवास भएका युवा नेता रावलले बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताए ।

उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा बिश्व हिन्दु महासंघका केन्द्रीय सदस्य ज्वाला राेकाया, कबेन्द्र बहादुर थापा लगायतको उपस्थिती रहेको थियो।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.