धनगढी : नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको निर्वाचन सम्पन्न भएको छ । केन्द्रीय अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।
यस कमिटीको पदाधिकारीमा सुदूरपश्चिमबाट केन्द्रीय चार उपाध्यक्ष मध्य २ सुदूरपश्चिमका नेताहरुले जितेका छन् । बैतडीका गोविन्द गिरी र कञ्चनपुरकी मर्यादा विष्ट उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
गिरी यस अघि उपमहासचिव र विष्ट सचिव थिए । कमिटीको महासचिवमा पनि बाजुराका नरेश रोकाया निर्वाचित भएका छन् । उनी यस अघि उपमहासचिव थिए । सचिवमा दीपक धामी निर्वाचित भएका छन् । उनी डोटीका हुन् ।