भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं : सरकारले फागुन ९ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शेर्पा समुदायको ग्याल्बो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ग्याल्बो ल्होसार’ भनिएको हो ।

एक महिनासम्म मनाइने ल्होसारको भोली पहिलो दिन रहेको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.