अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको मानाङ्क फाउण्डेशन नेपालले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएको छ । चौकिडाँडा महिला सामुदायीक वन उपभोक्ता समुहको आर्थिक सहयोगमा फाउण्डेशनले निःशुल्क महाप्रस्थान यान संचालन ल्याएको हो ।
चौकिडाँडा सामुदायिक वनले महाप्रस्थान यान २७ लाखमा खरिद गरेर फाउण्डेशनलाई हस्तान्तरण गरेको थियो । महाप्रस्थान यान एक कार्यक्रमका बीच वनका अध्यक्ष प्रेमराज भण्डारीले फाउन्डेसनका अध्यक्ष निरज कार्किलाई हस्तान्तरण गरेका थिए ।
महाप्रस्थाना यान सेवाको प्रदेश सभा सदस्य प्रकाश बमले शुभारम्भ गरेका थिए । यान संचालनका लागि बार्षिक करिब ८ लाख पचास हजार रकम खर्च आउने फाउन्डेसनले जनाएको छ । यानले गोदावरी नगरपालिका र पायक पर्ने ठाउँमा सेवा दिने जनाईएको छ ।
निःशुल्क महाप्रस्थान यान संचालनले विपन्न बर्गलाइ राहत पुग्ने छ । महाप्रस्थाना यान संचालनमा आएपछि सम्मानजनक मृत्य यात्रा गरी शवलाई आर्यघाट सम्म पुगाउन सहज हुने विश्वास लिइएको छ ।