अत्तरियामा चर्को बैंकिङ ब्याजदर विरुद्ध प्रदर्शन

अत्तरिया : कैलालीको अत्तरियामा व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् । बैंकहरुले लिएको चर्को ब्याजदर विरुद्ध अत्तरियाका व्यवसायीहरुले प्रदर्शन गरेका हुन् । अत्तरिया उद्योग बाणिज्य संघको अगुवाईमा आज अत्तरिया बजारमा विरोध –याली निकालिएको छ । अत्तरियाका ब्यबसायीहरुले चर्को व्याजदर घटाउनु पर्ने माग गर्दै बजारमा ब्यानर सहित मौन प्रदर्शन गरेका थिए ।

र्याली पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले व्यवसायीहरुलाई बैंकले मारमा पारी आतंक बढाउदै गएपछि आन्दोलनमा उत्रीन बाध्य बनाएको बताए । उनले दुई बर्ष कोरोनाका कारणले सिथिल बनेको व्यापार व्यवसाय बिस्तारै माथि उठ्दै गरेको बेला बैंकहरुले चर्को व्याजदर असुलेर व्यापारीहरुको ढाड सेक्ने काम गरेको बताए । यसका बिरुद्धमा देशभरका व्यापारी व्यवसायीहरुले एकजुट भएर आदोलित हुनुपरेको बताए । उनले निष्कर्षमा नपुगेसम्म उद्योग बाणिज्य संघ लगायत बिभिन्न व्यापारी संघसंस्थाहरुका साथ आन्दोलनलाई निरन्तरता दिने बताए ।

उनले सोमबार कैलालीको धनगढीमा नेपाल उद्योग बाणिज्य महासंघ सुदुरपश्चिमको बैठक बसी उक्त बैठकमा तय भएका कार्यक्रम अनुसार आज सांकेतिक बिरोध –याली प्रदर्शन गरिएको बताए । त्यस्तै भोली (बुधबार) प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको अध्यक्ष देवकोटाले जानकारी दिए । उनले व्यवसायीहरुले गरेका आन्दोलनलाई सरकारले समान्य रुपमा लिए थप शसक्त रुपमा अगाढी बढ्ने चेतावनी दिए । उनले सबै व्यापारीहरुको साझा मुद्धा भएकाले यसलाई सम्बोधन नगरिय सुदुरपश्चिम ठप्प गरिने बताए ।

संघका संस्थापक अध्यक्ष बसन्त रोकायाले व्यवसायीका समस्या नदरअन्दाज गरिएमा आन्दोलनले उग्र रुप लिने बताए । उनले बैंकहरुको ब्याज विरुद्ध सबै ब्यबसायी एकजुट हुनुपर्ने बताए ।

सभालाई सम्बोधन गर्दै व्यवसायी लोकराज पाण्डे आगोले बैंकहरुले १८\२० प्रतिशत व्याजदर लिएर व्यवसायीलाई मारमा पारेको बताए । उनले चर्को व्याजदर लिईरहेका बैंकहरुलाई सरकारले तत्काल खारेजी गर्नुपर्ने माग गरे । बैंक, सहकारी र लघुबित्तहरुलाई सरकारले निगरानीमा राख्नुपर्ने उनले बताए ।

त्यस्तै हार्डवेयर व्यवसायी संघ कैलालीका उपाध्यक्ष नैन सिंह कार्कीले बिगत २ बर्ष देखि बैंकहरुको ब्यबसायी माथी मनपरी बढेको बताए । उनले ब्यवसायीहरुको मागलाई बैंकले बेलैमा नसुने ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै होटेल ब्यबसायी संघ कि केन्द्रिय उपाध्यक्ष धना देबी चोखालले बैंकहरुको चर्को ब्याजका कारण व्यवसायीले आत्महत्या गर्न सम्म पुगेको बताईन ।

यस्तै चेम्बर अफ कमर्श कैलाली का उपाध्यक्ष प्रमोद अधिकारीले ब्यबसायीहरुका माग बैंकहरुले सुन्नैपर्ने बताए । उनले सरकारका निकायले नै बैंक मा ठूलो रकम जम्मा गरेर ब्याज खाने गरेको आरोप लगाए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.