कैलालीबाट ९ केजी चरेससहित तीन जना पक्राउ

धनगढी : सशस्त्र प्रहरीले ९ केजी चरेससहित कैलालीबाट ३ जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी फूलबारीले रोल्पाको थवाङ्ग गाँउपालिका ५ बस्ने कुमार पुन, दाङको लालमोटिया गाउँपालिका १ बस्ने पुनम पुन र दिलमाया पुनलाई नियन्त्रणमा लिएको हो ।

धनगढी उपमहानगरपालिका १४ एचगाउँ स्याउले घाटस्थित नेपाल भारत सीमा ईलाकाबाट बुधबार ९ केजी चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ हेडक्वाटरले जानकारी दिएको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित चरेस फेला परेपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएकाहरुलाई बरामद चरेससहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.