खानेपानी उपभोक्ता महासंघ सुदूरपश्चिम अध्यक्षमा रत्ना कडायत चयन

अत्तरिया : खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ (फेडवासन) सुदूरपश्चिम प्रदेश अध्यक्षमा रत्ना कडायत चयन भएकी छिन । सुदूरपश्चिम प्रदेश संयोजक यज्ञराज जोशीको अध्यक्षतामा सम्पन्न प्रथम अघिवेशनबाट कडायत निर्विरोध प्रदेश अध्यक्षमा चयन भएकी हुन ।

कडायत कैलालीको गोदावरी निवासी हुन । उनी गोदावरी नगरपालिकाको पुर्व उपप्रमुख समेत हुन । समितिको उपाध्यक्षमा बाजुराका सुरेश विक, महासचिवमा कैलालीका रामेश्वर प्रशाद रेग्मी, सचिवमा बझाङका सिल्पा कुमारी मन्डेल र कोषाध्यक्षमा कञ्चनपुरकी बर्ष सुनार चयन भएका छन् ।

९ सदस्यीय समितिका ४ सदस्य रहेका छन । जसमा कैलालीका बल बोगटी, बझाङका रमेश ताम्राकार, बझाङकै सरिता जोशी र कैलालीकी गिता गड्तोला चयन भएकी छिन ।

धनगढीमा सम्पन्न अघिवेशनमा फेडवासनका केन्द्रिय सदस्य कृष्णराज सुवेदी, चुनकुमारी चौधरी, शेर बहादर शाही, माया नेगी, राधिका अवस्थी, नेत्र प्रसाद खनाल लगायतको सहभागिता रहेको थियो ।

फेडवासनले खानेपानी तथा सरसफाई उपभोक्ता समुहको हकहितको लागि काम गर्दै आइरहेको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.