स्याउलेमा गौशाला निर्माणका लागि समिति गठन,अध्यक्षमा करन बोगटी

अत्तरिया : कैलालीको गोदावरी नगरपालीका-८ स्याउलेमा गौशाला निर्माणका लागि समिती गठन गरिएको छ । स्याउलेमा रहेको विश्वनाथ महादेव मन्दिरमा आज (शनिबार) बसेको स्थानियको भेलाले करन बोगटीको अध्यक्षतामा सर्वसम्मत ७ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा राजेश्वरी पाण्डेय, सचिवमा रमेश बोगटी, कोषाध्यक्षमा पदमा अधिकारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा टिका चौधरी, भक्तराज पाठक र उदयदेव ओझा चयन भएका छन् ।

गौशाला निर्माण स्याउलेमा रहेको सुर्योदय सामुदायिक वन र शिवशक्ति सामुदायिक वनको सिमनामा निर्माण गरिने स्याउले बजार व्यवस्थापन समितीका अध्यक्ष गोपाल देउवाले बताए । उनले पछिल्लो समय सडकमा छोडिएका छाडा गाईहरुको अवस्था दयनीय रहेको भन्दै गौशाला निर्माणको कार्यलाई अगाढी बढाएको बताए ।

अध्यक्ष देउवाले गाईले दुधदिन्जेल सम्म दुध खानकै लागि पालन पोषण गरिने र दुध दिन छोडेपछि अलपत्र अवस्थामा गाईहरु छोड्ने प्रवृति गलत रहेको बताए । उनले गौशाला निर्माण कार्यमा सबैलाई सहयोग गरिदिन अपिल गरे । छाडा चौपायाका कारण कृषकले लगाएको अन्नबाली सखाप पार्नुका साथै सडक दुर्घटना बढ्दै गईरहेको छ ।

स्याउलेमा गौशाला निर्माणकै लागि यहि माघ १५ देखी २२ गतेसम्म विश्वनाथ महादेव मन्दिरमा सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको थियो । स्याउले बजार व्यवस्थापन समितीका अध्यक्ष देउवाको संयोजकत्वमा उक्त महायज्ञ कार्यक्रम गरिएको हो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.