अत्तरियामा प्रहरीले शुरु गर्यो लागुऔषध तथा दुर्ब्यसनी विरुद्ध अभियान

अत्तरिया : कैलालीको अत्तरियामा प्रहरीले लागु औषध तथा दुर्ब्यसनी विरुद्ध अभियान शुरु गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाले गोदावरी नगरपालिकाको समुन्वयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त अभियान शुरु गरेको हो ।

शनिबार बाट अत्तरियामा शान्तिपुर्ण एवंम सुरक्षित समाजका लागि प्रहरीले लागु औषध तथा दुर्ब्यसनी विरुद्ध सचेतना मुलक अभियान शुरु गरेको बताएको छ । अत्तरिया बसपार्कमा शनिबार एक कार्यक्रमको आयोजना गरी गोदावरी नगरपालिका वडा नम्बर–१ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्टको अध्यक्षतामा अभियान शुरु गरिएको छ ।

Godawari Nagarpalika

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायक उपरिक्षक (डिएसपी) गणेश बरालले अभियानको बारेमा जानकारी गराउदै उनले लागु औषध दुर्ब्यसनी तथा होटलमा हुने अबैध क्रियाकलाप सबैको सहयोगमा निर्मुल गर्नुपर्ने बताए । अपराधिक क्रियापलाप रोक्नको लागि प्रहरी प्रतिवद्ध रहेको बताउदै उनले गलत क्रियाकलाप गर्नेलाई कानुन बमोजिम कारवाही गरिने बताए ।

डिएसपी बरालले बिभिन्न अपराधिक क्रियापलापमा हुने अपराधको कानुनी प्रक्रियाका बारेमा जानकारी दिदै यस्ता क्रियाकलापमा नलाग्न सबैलाई सचेत पारेका थिए ।

सचेतना मुलक कार्यक्रममा शनिबार होटेल ब्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रम अन्तर्गत लागु औषध दुर्ब्यसनी तथा होटलमा हुने अबैध क्रियाकलापको बारेमा सचेतना फैलाउन बिभिन्न कार्यक्रम गरिने बताईएको छ । पछिल्लो केही समय यता अत्तरियाका केही होटेलहरुलाई सेन्टर बनाएर लागु औषधका कारोबारीहरु सकृय हुँदै आएका छन् ।

प्रहरीले होटेल ब्यबसायी संघको सहकार्यमा यो कार्यक्रम गर्ने जनाएको छ । शनिबार अत्तरिया बसपार्कमा आयोजित सामुदायिक प्रहरी साँझेदारी कार्यक्रममा सहभागिलाई होटल व्यवसाय सञ्चालनका लागि बनाइएको आचारसंहिताको पम्पलेट समेत वितरण गरिएको थियो ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.