भोलिदेखि अत्तरियामा व्यवसाय बन्द गरेर आन्दोलन गरिने

अत्तरिया : बैङ्कहरूले चर्को ब्याजदर लिएको विरुद्धमा भोलिबाट कैलालीको अत्तरियाका व्यवसायीहरु व्यवसाय बन्द गरेर आन्दोलन गर्ने भएका छन् । भोलिबाट सुदुरपश्चिम प्रदेशभरीनै आन्दोलनका कार्यक्रम तय गरिएसंगै अत्तरियाका व्यवसायीहरु पनि व्यवसाय बन्द गरेर आन्दोल गर्ने भएका हुन् ।

अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले प्रदेशको कार्यक्रम अनुसार अत्तरियामा पनि भोलि (सोमबार) देखि फागुन २२ गते सम्म बिहान ११ बजे सम्म आन्दोलन गर्ने विषयमा छलफल भएको बताए । भोलि बिहान देखि अत्तरियाका सबै व्यापार व्यवसाय बन्द गरी अत्तरियामा रहेको राष्ट्रिय बाणिज्य बैंक आगाडी कोण सभाको आयोजना गरिने छ भने प्रत्येक दिन अत्तरियाका अलग अलग बैंक अगाडी कोण सभाको आयोजना गरी फागुन २२ गते सम्म आन्दोलनलाई निरन्तरता दिने अध्यक्ष देवकोटाले बताए ।

उनले आन्दोलनकै क्रममा फागुन १८ गते अत्तरिया क्षेत्रका सबै व्यवसायीहरुले बैङ्कहरुमा कारोबार नगर्ने निर्णय भएको बताए । उनले बैंकहरुको चर्को व्याजदरका बिरुद्ध गरिएको आन्दोलनमा सबै व्यवसायीलाई साथ दिन पनि आग्रह गरेका छन । व्यवसायीहरुले संघर्षका कार्यक्रम गर्नको लागि आज अत्तरियामा अन्तरक्रिया गरेका थिए ।

त्यस्तै आज (आइतबार) कैलाली उद्योग वाणिज्य सङ्घले पत्रकार सम्मेलनको आयोजना गरी चरणबद्ध रुपमा विरोध गर्ने जानकारी दिएको छ । उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको अगुवाईमा कैलाली उद्योग वाणिज्य संघ, कञ्चनपुर उद्योग बाणिज्य संघ, टीकापुर, अत्तरिया, पुनर्वास, बेलौरी, शुक्लाफाँटा तथा गौरीगंगा उद्योग वाणिज्य संघले बैंक वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध संघर्ष गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

भोलिदेखि सुदूरपश्चिम प्रदेशभरीनै आन्दोलन गरिदै छ । भोलिदेखि हरेक दिन बिहान ११ बजेसम्म बजार बन्द गर्ने, विरोध ¥याली निकाल्ने, प्रत्येक बैंक, राष्ट्र बैंकदेखि प्रशासनसम्म कोणसभा गर्ने आन्दोलनका कार्यक्रम तय भएको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिएका छन ।

आन्दोलनका कार्यक्रम अन्तरगत फागुन २० गते सुदूरपश्चिमका सबै उद्योग वाणिज्य संघहरुले संघर्ष समिति गठन गर्ने र यसको जानकारी प्रदेश महासंघलाई गराउने जनाइएको छ । साथै फागुनभित्र माग पूरा नभए थप छलफल गरेर सशक्त आन्दोलन गर्नेसमेत निजी क्षेत्रले चेतावनी दिएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.