अत्तरिया : गौ को महत्त र संरक्षण गर्नका लागि कैलालीको चिसापानीबाट सुरु गरिएको गौ प्रतिष्ठा पदयात्रा अत्तरियामा पुगेको छ। फागुन १२ गते देखि सुरु भएको यात्रा आज अत्तरियामा पुगेको हो ।
पदयात्राको माहाराज योगि पिताम्बरले नेतृत्व गरेका छन । उनले गाईको संरक्षणका लागि यात्रा गरेको बताए ।
अत्तरियामा पुगेको टोलिलाई गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले स्वागत गरेका थिए । उनले गाइको संरक्षणका लागि नगरपालिका पनि अभियानको साथमा रहेको बताए ।
पदयात्रा चैत्र ३ गते हरिद्धारमा पुगेर समापान हुने पदयात्राका संयोजक दुर्गा कुमार पोखरेलले जानकारी दिएका छन ।