बैंकहरूको चर्को ब्याजदरका विरुद्ध अत्तरियामा आज पनि विरोध प्रदर्शन, भोली बैंकमा ‘नो डिपोजिट’

अत्तरिया : बैंकहरूको चर्को ब्याजदरका विरोधमा आज पनि कैलालीको अत्तरियामा व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् । चर्को बैंकको व्याजदर घटाउनु पर्ने माग गर्दै व्यवसायीहरुले आज तेस्रो दिन पनि अत्तरियामा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले बिहान ९ बजेबाट ११ बजे सम्म बजार बन्द गरेर विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा व्यवसायीहरुले अत्तरिया बजारमा परिक्रमा गरेर महेन्द्रनगर रोडमा रहेको ग्लोबल बैंक र महालक्ष्मी विकास बैंक अगाढी अगाडी कोण सभाको आयोजना गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै हार्डवेयर व्यवसायी संघ कैलालीका उपाध्यक्ष नैन सिंह कार्कीले चर्को व्याजदरका बिरुद्ध भईरहेको आन्दोलनबाट हाम्रो माग पुरा नभए बैंक र सरकारलाई घुडा धसाउनुपर्ने चेतावनी दिए । उनले सबै व्यवसायीहरुले एक जुट भएर गरिरहेको शान्तिपुर्ण आन्दोलनलाई व्यवास्था गरे प्रत्येक बैंकमा व्यवसायीहरु बसेर बैंकका कर्मचारीलाई पनि बैंकमा काम गर्न प्रवेश गर्न नदिने बताए । आन्दोलनलाई निरन्तरता दिएर अगाढी बढाउने बताउदै उनले व्यवसायीहरुका माग र हकहितका लागि प्रत्येक बैंकहरुलाई चिठ्ठी लेख्ने र २१ गते सम्म कुनै पनि सम्बोधन नभएर कडारुपमा लाग्ने बताए ।

त्यस्तै होटेल ब्यबसायी संघ कि केन्द्रिय उपाध्यक्ष धना देबी चोखालले व्यापार व्यवसाय ठप्प राखेर बाध्यताले गरिरहेको व्यवसायीहरुको शन्तिपुर्ण आन्दोलनलाई सम्बन्धित निकायले चासो नदिएको गुनासो गरिन् । उनले यस्तै गरिरहे व्यवसायीहरुले बैंकमा ताला लगाउन बाध्य हुनुपर्ने बताईन् । उनले अत्तरियामा भएको आन्दोलनमा व्यवसायीहरुको सहभागिता न्यून भएकाले यसमा सबैले एक्यवद्धता जनाउन आवश्यक भएको पनि बताईन् ।

अत्तरिया उद्योग बाणिज्य संघका वस्तुगत उपाध्यक्ष कविराज भट्टले बैंकसंग सम्झौता गरी लिएको ऋणमा एक्कासी बैंकले मनोमानी ढंगबाट व्याजदर बृद्धि गरी व्यवसायीमाथी ज्याजतीका बिरुद्ध आज आन्दोलन गर्नुपरेको बताए । उनले सम्बन्धित निकायले हाम्रा मागहरुलाई न्यायोचित तरिकाले न्याय नदिए शसक्त रुपमा अगाढी बढ्ने बताए । उनले सबै व्यवसायीहरुलाई बिहान ९ देखी ११ बजे सम्मको शान्तिपुर्ण आन्दोलनमा नियमित सहभागी भईदिन आग्रह गरे । उनले बिरोधको कार्यक्रम भोली बिहीबार पनि जारी रहने बताउदै भोली बैंकमा नो डिपोजिट कार्यक्रम रहेको बताए । कुनै पनि व्यवसायीहरुले भोली बैंकमा पैसा जम्मा नगर्ने कार्यक्रम रहेकोले सबै व्यवसायीलाई पैसा जम्मा नगरीदिन आग्रह गरे ।

व्यवसायीहरुले अत्तरियामा सोमबार देखि बैंकहरु विरुद्ध आन्दोलन गरिरहेका छन । पहिलो चरणको आन्दोलन फागुन २२ गते सम्म जारी रहने जनाइएको छ । अत्तरियामा उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको निर्णय अनुसार आन्दोलनका कार्यक्रम संचालन भइरहेका छन् । व्यवसायीहरूले आन्दोलनका कार्यक्रम अन्तरगत फागुन १८ गते बैंक तथा वित्तीय संस्थामा ‘नो डिपोजिट’ अर्थात् निक्षेप जम्मा नगर्ने निर्णयसमेत गरेका छन ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.