व्यवसाय गर्न सहज वातावरण बनाईदिन अत्तरिया जेसिजद्धारा सरकारको ध्यानाकर्षण

अत्तरिया : बैंक तथा वित्तिय संस्थाको व्याजदर चर्काे भएको भन्दै व्यवसायीहरुलाई सहज हुने गरी व्याज घटाउन सरकारको ध्यानाकर्षण गराईएको छ ।

अत्तरिया जेसिज वर्ष २०२३ ले बैंक तथा वित्तिय संस्थाहरुको चर्काे व्याजदरका कारण व्यवसायी मारमा परेको भन्दै व्यवसायीहरुलाई सहज हुने वातावरण सृजना गर्न सरकार र सम्बन्धीत बैंक तथा वित्तिय संस्थाहरुको ध्यानाकर्षण गराएको हो ।

अध्यक्ष मान ऐरद्धारा हस्ताक्षरित एक प्रेस विज्ञप्ती जारी गर्दै बुधबार जेसिजले व्यवसायीहरुले व्यापार व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएकाले सो को समाधान गरी सहज वातावरण बनाउन आग्रह गरेको छ ।

‘बैंक तथा वित्तिय संस्थाको चर्को ब्याजदरबाट युवा उद्यमी÷उद्योग व्यवसाय क्षेत्रमा परेको असरका कारण व्यवसाय नै बन्द गर्नुपरेको अवस्था आएको छ’ विज्ञप्तीमा भनिएको छ ‘यसको देशभरका व्यवसायीहरुले विरोध गरिरहेको र व्याजदरका कारण व्यवसायीहरु मारमा परेकाले सिघ्र अतिसिघ्र उचित व्यवस्थापन गरी व्यवसायी र सर्वसाधारणहरुमा व्यवसाय गर्न सहज वातावरण हुने गरी व्यवस्था मिलाईदिन ध्यानाकर्षण गर्दछौ ।’

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.