‘सरी मम’ को क्याम्पियन शो भोलि अत्तरियामा देखाइने

अत्तरिया : लागुऔषध विरुद्धको सन्देश सहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको फिल्म ‘सरी मम’ को क्याम्पियन शो भोलि अत्तरियामा देखाइने भएको छ । एनएफआई क्रियशनको ब्यानरमा बनेको फिल्मलाई भोलि नमस्ते होटलको पार्टी प्यालेसको हलमा देखाउन लागिएको हो ।

आज अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मका व्यवस्थापक विकास प्रसाईले भोलि (शनिबार) २ बजे क्याम्पियन शो देखाइने बताए । उनले लागु औषध विरुद्धको अभियानका क्रममा फिल्मका माध्यमबाट युवाहरुलाई जनचेतना दिने क्याम्पियन शो गर्न लागिएको बताए ।

फिल्मका नायक प्रभात पाल ठकुरीले युवाहरु लागु औषधमा कसरी फस्छन र, त्यसबाट कसरी जोगाउन सकिन्छ भन्ने कुरा फिल्ममा देखाइएको बताए । उनले फिल्न हेर्नका लागि स्थान र परिस्थिति हेरेर न्यून शुल्क लिइरहेको बताए । उक्त फिल्म नविन बोगटीले निर्देशन गरेका हुन भने विनोद लामाले प्रोडक्सन गरेका हुन ।

फिल्ममा सरिता लामेछाने, सरोज खनाल, एलिस राई, प्रविल कँडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारी लगायत कलाकारको अभिनय छ । फिल्मको कथा आयुष बुढाथोकी र सरोज पौडेलले तयार पारेका हुन् ।

दिर्घ गुरुङले छायांकन गरेको फिल्मलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन् । फिल्म १ घण्टा ४८ मिनेटको रहेको छ । अत्तरिया क्षेत्रमा फिल्म देखाउनका लागि पिएफए, सिवाइसी र जेसिआइ अत्तरियाले सहयोग गरेका छन् ।

चुरे गाउँपालिका दादुरा रोग सम्बन्धी सूचना
Leave A Reply

Your email address will not be published.