अत्तरियामा विश्व सुनाइ दिवस मनाईयो

अत्तरिया : कैलालीको अत्तरियामा ‘विश्व सुनाइ दिवस–२०७९’ मनाईएको छ । इम्प्याक्ट नेपाल कान उपचार केन्द्र, अत्तरियाको आयोजनामा आज उक्त दिवस मनाईएको हो । सि.बि.एम ग्लोबल नेपालको सहयोग र राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिमले समन्वय गरेको थियो । दिवसको अवसरमा जनचेतनामूलक र्याली अत्तरिया बजारमा परिक्रमा गरि सुप समाबेशी आधारभुत बिद्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो ।

कान उपचार केन्द्रका ब्यबस्थापन समिती सदस्य तथा राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिमका अध्यक्ष मान बहादुर साउँदको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय मानव अधिकार आयोग सुदुरपश्चिम प्रदेश प्रमुख हरि ज्ञवाली प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी ज्ञवालीले अपांगता भएका ब्यक्तिहरु सबै भन्दा बढी थिचोमिचो तथा अन्यायमा पर्ने हुदा यस्तो भएको पाइएमा उजुरी गरि सघाउन सबैलाइ अनुरोध गरे । उनले आफुले यसलाइ विशेष महत्वका साथ लिएको बताए ।

कार्यक्रममा सहभागिहरुले अपाङ्गता भएका ब्यक्तिहरु सबै भन्दा बढी थिचोमिचो वा अन्यायमा पर्ने हुदा स्थानिय निकायले सघाउनुपर्ने बताएका थिए । त्यस्तै कार्यक्रममा सहभागि जनप्रतिनिधीहरुले स्थानिय सरकारले गर्नुपर्ने सहयोगमा आफुहरु लागिपरेको बताएका थिए ।

राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिम् प्रदेश अध्यक्ष मान बहादुर साउदले बहिरोपना सम्बन्धी अपाङ्गताको परिचय पत्रका लागी इम्प्याक्ट नेपालबाट सुनाइ परिक्षण सहजै हुने बताए । उनले स्वास्थ्यकर्मीहरुलाइ कान स्वास्थ्य सम्बन्धि उपकरण सहित बिशेष तालिम प्रदान गर्दै आइरहेकोमा आगामी दिनमा पनि यस्ता कार्यक्रमलाइ स्थानिय सरकारले निरन्तरता दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा गोदावरी नगरपालिकाका उपप्रमुख शारदा रोकाया, वडा नम्बर २ का वडा सदस्य तथा अपाङ्गता अधिकारकर्मी डबल साउँद, गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, महिला तथा बालबालिका शाखा उपप्रमुख प्रेमा बडु, मालाखेती इलाका प्रहरी कार्यालयका प्रहरी खेमराज पन्त, ट्राफिक कार्यालय अत्तरियाका प्रहरी राजेन्द्र सिंह, सुदुरपश्चिम सामुदायिक अस्पतालका प्रशासकिय प्रमुख खेमराज भट्ट लगायत अपाङ्गता सम्बन्धि संस्थाका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंमसेवीकाहरु, बिद्यालय ब्यबस्थापन समितीका पदाधिकारी, कर्मचारी तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

अत्तरिया स्थित बनखेतमा रहेको इम्प्याक्ट नेपाल कान उपचार केन्द्रले आजसम्म करिब २७ हजार भन्दा बढीलाइ कान उपचार केन्द्रबाट सेवा दिएको छ । त्यस्तै करिब १ लाख ६ हजार भन्दा बढीलाइ घुम्ती शिबिर मार्फत सेवा, ४ हजार २ सय भन्दा बढिको सुनाइ परिक्षण, ४ सय १८ जनाको शल्यक्रिया सेवा, २ सय ५२ जनालाइ श्रवण यन्त्र सेवा दिएको कान उपचार केन्द्रका परियोजना अधिकृत राम बहादुर बोगटीले बताए ।

उनले बार्षिक रुपमा स्वास्थ्यकर्मी तालिम, महिला स्वास्थ्य स्वयमंसेविका तालिम, कान स्वास्थ्य सम्बन्धि बिद्यार्थीहरुलाइ अभिमुखिकरण कार्यक्रम तथा अपांगता सम्बन्धि कार्यक्रम संचालन गर्दै आइरहेको बताए । र्यालीमा समय समयमा सुनाइ क्षमताको परिक्षण गरौ, कान जाँच गरौ बहिरोपना हुनबाट बचौ, जथाभावी औषधी सेवन नगरौ, फोहोर पानी नदि तलाउमा ननुहाउ, बच्चालाइ सुताएर स्तनपान नगराऔं, कानमा जथाभावी तेल, पानी नहालौ, कान जथाभावी नकोटयौ लगायतका नारा लेखिएका पम्पलेटहरु सहभागिहरुले बोकेका थिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.