चुरे युवा क्लबद्वारा आयोजित जनचेतनामूलक कार्यक्रम सम्पन्न

अत्तरिया : चुरेमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । चुरे युवा क्लबको आयोजनामा चुरे गाउँपालिका वडा नम्बर ६ मा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

वडाको बार्षिक कार्यक्रम अन्तरगत उक्त वडा भित्रका विद्यालयमा यहि फागुन १७ गतेबाट जनचेतनामुलक कार्यक्रम शुरु गरी शुक्रबार सम्पन्न भएको क्लबका अध्यक्ष गणेश नाथ योगिले जानकारी दिए । उनले पहिलो दिन सिद्ध आबि गोगनपानी, ग्वासी आबि कुमैनामा गरिएको बताए । त्यस्तै शुक्रबार जनता माबी शान्तिनगरमा कार्यक्रम गरि सम्पन्न गरिएको अध्यक्ष योगिले बताए ।

जनचेतनामुलक कार्यक्रममा बालबिबाह, छाउपडी, छुवाछूत, जाडरक्सी सेवन जस्ता नाटक कथाहरु प्रस्तुत गरिएका थिए ।

क्लबका अध्यक्ष गणेश नाथ योगीको सभापतित्वमा आयोजित कार्यक्रममा वडा अध्यक्ष प्रेम बहादुर साउद प्रमुख अतिथी रहेका थिए।

बिशिष्ट अतिथीमा बयलागढि सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष लोक ब.सारु, जनता सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष हेम शाह, भगवती माबी का प्र.अ भक्त ब ऐर, जनता माबीका प्र.अ शान्ति शाह रहेका थिए ।

त्यस्तै अतिथीहरुमा सञ्चारकर्मी, समाजसेवी, बुद्धिजीवी, शिक्षक, शिक्षिका, विद्यार्थी लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य क्लबका सचीव हिरा बहादुर सार्किले गरेका थिए ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.