कृष्णपुरमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुरमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका–५ गुलरीया बजार स्थित सु.प.प्र.०१००१ च २६२३ नम्बरको बोलेरो जीपले सु.प.प्र.०२००३ प ९८८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार शुक्लाफाटा नगरपालिका–७ का २५ वर्षीय मनिष चौधरीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले बताएको छ ।

दुर्घटनामा परि मोटरसाइकलमा सवार अन्य २ जना घाइते भएका छन । उनीहरुको पद्मा अस्पताल अत्तरीयामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.