सुदूरपश्चिमका मन्त्री दीर्घ सोडारीकी पत्नी गीताविरुद्ध भ्रष्टाचार मुद्दा दायर

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी पत्नीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मन्त्री सोडारीकी पत्नी गीता सोडारीविरुद्ध अख्तियार आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले शुक्रबार जानकारी दिए । प्रवक्ता भण्डारीका अनुसार नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएको अभियोगमा आयोगले शुक्रबार गीताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-९ स्थित शिव माविमा गीताले राहत शिक्षकका रुपमा काम गरेकी थिइन् । भारत नयाँ दिल्लीको बोर्ड अफ सेकेन्डरी एजुकेशनबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी गीताले शिक्षकको नियुक्ति लिएको पुष्टि भएपछि आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो । उनले सरकारलाई नोक्सानी पुर्‍याउने बदनियत राखेर भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.