चुरेमा तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

अत्तरिया : कैलालीको चुरेमा तेस्रो पालिका स्तरिय अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । चुरे गाउँपालिकाको आयोजनामा यहि फागुन २५ गतेबाट सुरु भएको प्रतियोगिता आज एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।

प्रतियोगिताका संयोजक मदन राज जोशीको सभापतित्वमा भएको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटी प्रमुख अतिथी रहेका थिए भने गाउँपालिका उपाध्यक्ष धना थापा, प्रमुख प्रशासकीय अधिकृत विविराज सोती विशिष्ट अतिथि रहेका थिए ।

Godawari Nagarpalika

उक्त प्रतियोगितामा पुरुष तर्फ चुरे-१ प्रथम, चुरे-१ बि टिम द्वितीय र चुरे-६ ए टिम तृतीय भएका थिए । प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार नगद पुरस्कार सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए ।

त्यस्तै महिला तर्फ चुरे-२ खैराला प्रथम, चुरे-१ पलडी टिम द्वितीय र चुरे-४ गर्भा टिम तृतीय भएका थिए । प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ४० हजार, ३० हजार र २० हजार नगद पुरस्कार सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए ।

दुई दिनसम्म सञ्चालन भएको पुरुष तथा महिला भलिबल प्रतियोगीतामा चुरे गाउँपालिकाका ६ ओटै वडा भित्रका १३ टिम पुरुष र ७ टिम महिला गरी २० टिमको सहभागिता रहेको थियो ।

औपचारिक कार्यक्रमको सञ्चालन सुरज परियारले गरेका थिए ।

प्रतियोगिता चुरे गाउँपालिका-१ घरखेडामा सञ्चालन गरिएको थियो ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.