दुर्गालक्ष्मीको स्ववियु सभापतिमा अनेरास्ववीयुबाट सुवेदीको उम्मेदवारी घोषणा

अत्तरिया : कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्ववियु सभापतिका लागि अनेरास्ववीयु क्याम्पस कमिटीले उम्मेदवार सार्वजनिक गरेको छ । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववीयुले) आज क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना गरी सभापतिमा पुष्प सुवेदीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

आउदो चैत्र ८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि सभापतिमा सुवेदीको नाम क्याम्पस कमिटीले एकल सिफारिस गरेको थियो । स्ववियु निर्बाचन नजिकिएसंगै कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुले तयारी तिब्र गरिरहेको छ ।

सभापति पदमा मात्रै उम्मेदवारी घोषणा गरेको अनिरास्ववियुले अन्य पदमा अन्य संगठनहरुसंग सहकार्य गरेर अगाडी बढ्ने जनाएको छ । यसका लागि बिभिन्न संगठनहरुले प्रस्ताव राखेको र कुरा पनि भइरहेको अनेरास्ववीयु क्याम्पस कमिटीले जनाएको छ । क्याम्पसको सुधारका लागि प्राथमिकतामा राखेका संगठनहरुसंग सहकार्य हुन सक्ने बताईएको छ ।

विद्यार्थीहरुका हक हितका कुरालाई अगाडी बढाउन खटिने छु : सभापतिका उम्मेदवार सुवेदी

पत्रकार सम्मेलनमा बोल्दै सभापतिका उम्मेदवार सुवेदीले दुर्गालक्ष्मीमा लामो समय देखि रहेका समस्या सामाधानका लागि आफू अग्रसर हुने बताए । उनले विद्यार्थीका हक हितका कुरालाई बुलन्द आवाजका साथ अगाडी बढाउने र विद्यार्थीको चौतर्फि विकासका लागि सहयोग पुग्ने क्रियाकलापमा आफु खटिदै आएको पनि बताए । उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता गरे ।

सुदूरपश्चिम विश्वविद्यालयमा गाभिएपछि दुर्गालक्ष्मीले आफ्ना थुप्रै अधिकारहरु खोज्नुपर्ने बेला भएकाले उनले विद्यार्थीहरुले पछिल्लो समय नयाँ पाठ्यक्रमको खोजी गरेको अवस्थामा त्यसको परिपुर्तिका लागि आफूले पहल गर्ने बताए । नयाँ पाठ्यक्रम संगसंगै बिभिन्न कुराहरुको परिवर्तनका लागि दुर्गालक्ष्मीबाट परिवर्तनको आवाज उठाउन आवश्यक रहेको उनको भनाई छ ।

उनले अहिले पढ्दै कमाउने शिक्षा प्रणालीको विकास गर्न पनि आवश्यक रहेको बताए । दुर्गालक्ष्मीमा कैलाली बाहिरका जिल्लाबाट पनि बिद्यार्थीहरु पढ्न आउने भएकाले उनिहरुका लागि छात्राबासको व्यवस्था नहुँदा समस्या झेल्नुपर्ने अवस्था, क्याम्पसमा सर्वसुलभ क्यान्टिन नहुँदा समस्या भोग्दै आएका उनले बताए । उनले बिद्यार्थीका समस्या सामाधान र व्यवस्थित प्रशासन बनाउनका लागि पनि आफू लाग्ने बताए ।

उक्त क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी) र अखिल (छैठौ) संयुक्त प्यानल, स्वतन्त्र विद्यार्थी समुह, अखिल (क्रान्तिकारी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वीयु–समाजवादी), नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन गरी ८ वटा बिद्यार्थी संघ संगठनहरु दर्ता भएका छन् ।

विश्वविद्यालयको निर्वाचन कार्यतालिका अनुसार आज फागुन २८ गते मतदाता सूची प्रकाशित गर्ने, चैत १ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । चुनाव प्रचार प्रसार गर्ने समय चैत ४ गतेदेखि चैत ६ गतेसम्म दिनको २ बजेसम्म र त्यसपछि मौन अवधि सुरू हुनेछ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.