अत्तरिया : कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्ववियु सभापतिका लागि नेविसंघ बाट क्याम्पस ईकाई समितीले उम्मेदवार सार्वजनिक गरेको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) क्याम्पस ईकाई समितीले आज क्याम्पसमा एक औपचारीक कार्यक्रमको आयोजना गरी भुवन महरा सभापतिको उम्मेदवार भएको घोषणा गरेको हो ।
आउदो चैत्र ८ गते हुने स्ववियु निर्वाचनका लागि नेविसंघबाट तीन जना आकांक्षी रहेका थिए । तर आज नेविसंघ क्याम्पस ईकाई समितीले महरालाई सभापतिको उम्मेदवारमा घोषणा गरेको छ । सभापति पदमा मात्रै उम्मेदवारी घोषणा गरेको नेविसंघले अन्य पदमा पनि छिट्टै टुंगो लगाउने बताएको छ ।
उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै सभापतिका उम्मेदवार महराले क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुका हकहितका लागि बोल्ने र उनीहरुका समस्याहरुलाई सामाधान गर्ने बताए । ‘मैले जितेपछि यो गरौला र हारेपछि त्यो गरौला भन्ने म मा केही छैन्,’ उनले भने ‘जब म जित्नेछु तब बिद्यार्थीहरुका के समस्याहरु छन ति सबै समस्याहरु समाधान गर्ने छु ।’ उनले अहिले नै ति समस्याहरु समाधान गर्छु भनेर चाही त्यतीकै कुरा नगर्ने बताए ।
स्ववियु सभापतिका उम्मेदवार महराले क्याम्पसमा खेलकुदका लागि खेल मैदान, भाडामा बस्ने जेहेन्दार तथा गरिब बिद्यार्थीहरुलाई छात्रबृति र क्याम्पस भन्दा बाहीर जान नपर्ने गरी क्याम्पसमा आवश्यक बिषयहरु उपलब्ध गराउने बताए । उम्मेदवारी घोषणा गरे संगै दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट बिद्यार्थी संगठन नेविसंघले पनि आफ्नो प्रचारप्रसार लाई तिब्र पारेको छ ।
नेविसंघ क्याम्पस ईकाई समितीका सभापति देवराज ओझाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेका कैलाली जिल्ला सचिव केशव मिश्र प्रमुख अतिथी रहेका थिए । त्यस्तै कार्यक्रममा दुर्गालक्ष्मीका पुर्व स्ववियु सभापति योगेश भट्ट लगायत नेविसंघका बिद्यार्थी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
उक्त क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी) र अखिल (छैठौ) संयुक्त प्यानल, स्वतन्त्र विद्यार्थी समुह, अखिल (क्रान्तिकारी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वीयु–समाजवादी), नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन गरी ८ वटा बिद्यार्थी संघ संगठनहरु दर्ता भएका छन् ।
विश्वविद्यालयको निर्वाचन कार्यतालिका अनुसार फागुन २८ गते मतदाता सूची प्रकाशित गर्ने, चैत १ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । चुनाव प्रचार प्रसार गर्ने समय चैत ४ गतेदेखि चैत ६ गतेसम्म दिनको २ बजेसम्म र त्यसपछि मौन अवधि सुरू हुनेछ ।