मुलुकलाई समृद्ध बनाउन समाजवादमा जाने एमालेको लक्ष्य हो : सचिव भट्ट

धनगढी : नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउन समाजवादमा जाने पार्टीको लक्ष्य भएको बताएका छन् ।

Godawari_Tato hawa_Lu

पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेका भट्टले एमालेको धनगढी नगर स्तरीय जनसंगठनहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै जनपक्षीय नीति र कामले मात्र समाजवाद स्थापना गर्न सकिने उल्लेख गरे । ‘संसद, सरकार हुँदै जनपक्षीय नीति बनाएर देशलाई समृद्धि बनाउदै नेपालीलाई सुखी र समृद्ध बनाउन समाजवादमा जाने हो,’ भट्टले भने, ‘त्यसैका लागि पार्टीले दुई महिने ग्रासरुट अभियान चलाएको हो ।’

भट्टले हालै सम्पन्न भएका तीन तहका चुनावमा आन्तरिक समस्याले गर्दा पराजय व्यहोर्नुपरेको बताउदै पार्टीको नीति, सिद्धान्त र निर्णय पालन गर्न निर्देशन समेत दिएका छन् । ‘तीन तहको निर्वाचनमा हामी किन पराजीत भयौँ । बाहिरी कारणले पराजीत भएका हौँ त ? होइन आन्तरिक कारणले पराजीत भएका छौँ,’ उनले भने, ‘पार्टीका नीति, निर्णय पालन नगर्ने प्रवृत्ति हाबी भएका कारण पराजय भोग्नुपरेको हो । अब सबैले यी कमजोरी सच्याउनुपर्छ । सच्चा कम्युनिष्टले म बाट गल्ती भयो भन्नुसक्नुपर्छ ।’

नेतृत्वसँग कार्यकर्ता मात्र नभएर जनतालाई पनि जोड्ने उद्देश्यले पार्टीले मिसन ग्रासरुट अभियान सञ्चालन गरेको उनको भनाई थियो ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.