कैलालीको दमौरामा आजबाट महायज्ञ सुरु

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा उद्घाटन

अत्तरिया : कैलालीको दमौरामा आजबाट श्रीमद्भागवत सप्ताह ज्ञान धन–धान्याञ्चल महायज्ञ सुरु भएको छ । गोदावरी नगरपालिका वडा नं. १० मा रहेको शिव मन्दिर तथा पर्यटन विकास समितिको आयोजनामा सोही मन्दिरमा आज (बुधबार) देखी महायज्ञ सुरु भएको हो ।

महायज्ञको एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका छन । उद्घाटन पश्चात बोल्दै मुख्यमन्त्री शाहले समाजमा धर्म, संस्कृतिका बारेमा विभिन्न टिकाटिप्पणीहरु उठ्ने गरेको बताए । उनले धर्म, संस्कृति, परम्परा तथा रितिरिवाजलाई जोगाउनु सबैको प्रमुख दायित्व र कर्तव्य भएको बताए ।

उनले धर्म संस्कृतिको संरक्षणका साथै लागुऔषध लगायतका कुलतहरुबाट युवाहरुलाई बचाउन थालिएको अभियान सफल हुने कुरामा आफु विश्वस्त रहेको समेत बताए । उनले दुव्र्यसन, लागुऔषध कुतलमा पसेर दिनानुदिन युवाहरु विग्रदो अवस्थामा रहेको र त्यसको न्यूनिकरणका लागी प्रदेश सरकारले काम अघि बढाईसकेको समेत बताए ।

Goadawari Nagarpalika_Badhi

यस्तै कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका वडा नं. १० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) ले धर्म सस्कृतिको जगेर्ना गर्न तथा नयाँ पिडीलाई धर्म संस्कृतिको बारेमा जानकारी दिन महायज्ञको आयोजना गरिएको बताए । उनले धार्मिक महायज्ञले विकृति विसंगतीहरुको अन्त्य गर्नका लागी पनि मद्दत गर्ने बताए । वडाबासीका लागी महायज्ञ उत्सवको रुपमा रहेकाले यसको सफलताको लागी वडाकार्यालय विभिन्न तह र तप्काबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम उद्घाटन हनुअघि बिहान ८ बजे कलस यात्रा निकालिएको थियो । चैत्र १ देखि चैत्र ७ गते सम्म संचालन हुने महायज्ञमा ऋषिकेश उपाध्याय मुख्य कथावाचक रहेका छन भने प्रमोद पौडेल शास्त्री उप बाचकका रुपमा रहने आयोजकले जनाएको छ । महायज्ञबाट संकलन भएको रकमबाट मन्दिरको स्तरोन्नती संगै समितिको सभाहल निर्माण गरिने जनाइएको छ ।

महायज्ञमा दैनिक ५ देखि ७ सय जनाले कथाश्रवण गर्ने अपेक्षा आयोजकको रहेको छ । महायज्ञबाट २० लाख सम्म आर्थिक संकलन हुने अनुमान गरिएको छ । रमणिय क्षेत्रमा रहेको शिव मन्दिरमा आयोजना हुन लागेको महायज्ञले यस क्षेत्रको पर्यटन विकासमा पनि सहयोग पुग्ने अपेक्षा लिईएको छ ।

महायज्ञमा राष्ट्रिय स्तरका कलाकारहरुद्धारा संगितमय भजनकिर्तनका साथै देवलिला झाँकीहरु हुनेछन भने सन्त महात्माको अमृतमय प्रवचन प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.