चुरेमा सडक बत्ती र सिसी क्यामरा जडान,चोरी र दुर्घटना न्यूनीकरण हुने अपेक्षा

अत्तरिया : चुरे गाउँपालिकाले महत्त्वपूर्ण स्थानमा सडक बत्ती र सिसि क्यामेरा जडान गरेको छ । पालिकाले आफ्नै खर्चमा मिलन चोकदेखि निङलाडी पुल सम्म बजारमा सडक बत्ती जडान गरेको हो ।

सडक बत्ती जडान भएसँगै यस क्षेत्रमा स्थानीय सुरक्षामा दृष्टिकोणले सहज भएका बताएका छन् । नगरपालिकाले महत्त्वपूर्ण स्थानमा सिसि क्यामेरा पनि जडान गरेको छ ।

सिसि क्यामेराको निगरानीको जिम्मा प्रहरीलाई दिइएको छ । गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले एक कार्यक्रममा बिच प्रहरीलाई सिसि क्यामेरा निगरानीको जिम्मा दिएका थिए ।

गाउँपालिकामा सिसि क्यामेरा र सडक बत्ती जडान भएपनि चोरी र दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.