स्ववियु सभापतिका उम्मेदवार एलआर ओझालाई रास्वपा र राप्रपाको समर्थन

अत्तरिया : कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार बनेका लोक राज ओझा (एलआर) लाई दुई पार्टिले समर्थन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका उम्मेदवार ओझा लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन गरेका हुन् ।

आज (बुधबार) अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरेर दुवै पार्टीले स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका ओझालाई समर्थन गर्ने घोषणा गरेका थिए ।

रास्वपका प्रदेश सदस्य हेमन्त जोशीले आफूहरुले स्ववियु निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका ओझा उपयुक्त उम्मेदवार भएकाले समर्थन गरेको बताए । उनले आफ्नो पार्टीको विद्यालय/क्याम्पसमा राजनीतिक गतिबिधि नगर्ने भएकाले स्वतन्त्र रुपमा उठेका उम्मेदवारलाई समर्थन गरेको बताए । उनले राजनीतिक पहुचका हिसावले विद्यालयमा राजनीति गर्न नहुने बताए ।

राप्रपाका प्रदेश ‘ख’ सचिव विराज बिष्टले क्याम्पसमा राजनीति मात्रै भएकाले आफूहरुले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको बताए ।

राप्रपाका गोदावरी नगर कमिटी अध्यक्ष दुर्गा पोखरेलले एल आर ओझा सक्षम व्यक्ति भएकाले आफूहरुले समर्थन गरेको बताए । उनले एलआरमा काम गर्ने हुटहुटि रहेको र भिजन भएको मान्छे भएकाले आफुहरुले नैतिक रुपमा समर्थन जनाएको बताए ।

स्वतन्त्र समर्थक पुष्कर शर्मा जोशीले विद्यार्थीको राजनीनि विद्यार्थीले नै गर्न पाउनु पर्ने बताए । उनले भिजन भएका विद्यार्थी एलआर ओझाले स्वतन्त्र उम्मेदवारी दिएकाले उनलाई आफूले पनि समर्थन गरेको बताए ।

स्वतन्त्र उम्मेदवारी दिएका ओझा स्वावियु निर्वाचनमा टीम बनाएर चुनाव लड्दै छन । उनको टिमबाट सचिवमा दिनेश बडु, कोषध्यक्षमा देवकी बोहरा उम्मेदवार छन । यस्तै सदस्यहरुमा धन बहादुर बोहरा, यमुना भट्ट, निराजन कडेल, पुष्प ओझा, दिपेन्द्र बोहरा र सन्तोष भट्ट रहेका छन।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.