अत्तरिया : कैलालीको गोदावरी -४ खैरानाका प्रेम चौधरीको अस्पतालमा उपचार खर्च तिर्न नसक्दा समस्या भएको छ । १६ दिन देखि भारतको खुसलोग आस्पताल बरेलीमा आईसियुमा उपचार गराईरहेका प्रेमको उपचार खर्चको बिल तिर्न नसक्दा समस्या भएको हो ।
आईसियूमा राखिएका चौधरीको आर्थिक अभावका कारण अस्पतालमा उपचार खर्च तिर्न नसक्दा समस्या भएको उनका छोरा सुमन चौधरीले बताए । ४ लाख भारु भन्दा बढी १३ दिनको बिल छ भने औषधीको छुट्टै बिल तिर्न बाँकि रहेको उनले बताए ।
बिल तिर्न नसकेर आमा र छोरा आसु झार्दै भोको पेट बाहिर कुरेर बसेका छन । आईसियूका अन्य बिमारीका आफ्न्तले उनिहरुलाई खाना सहयोग गरिरहेका छन ।
अस्पतालले अहिले सम्म उधारो उपचार गराएपनि अब भने पैसा जम्मा गर्न भनेको छ तर आफुसंग अस्पताललाई बुझाउने थप रकम नभएको प्रेमका छोरा सुमनले गुनासो गरे ।
उपचारको लागि मात्र नभई खाना नास्ता खान पनि पैसा नभएको उनले दुखेसो पोखे । उनले अहिले सम्म एकलाख मात्र जाम्मा गरेको बताए । कमजोर आर्थिक अबस्थाका कारण बाँकि रकम तिरेर वुवालाई घर ल्याउन छोरा सुमनले सबैलाई सहयोगको अपिल गरेका छन् ।
अत्तरिया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बिए तेस्रो सेमिस्टरमा अध्ययनरत सुमन लेबरी गरि आफ्नो पढाइ खर्च जुटाउने गर्दछन ।
उनलाई सहयोग गर्न चाहानुहुने सहयोगी दाताहरुले कुमारी बैंक अत्तरियामा सुमन चाैधरीको नाममा रहेको खाता नम्बर ०७५००९८०७४८००००१ मा सहयोग रकम पठाउन सक्नुहुनेछ । त्यस्तै सुमनको ह्वाटसप नम्बर ९८११ 9811659052 मा पनि सम्पर्क गर्न सकिने छ ।
सक्दो सहयोग गरौ । यसैबाट पाठ सिकेर त्यहाँ उपचार गर्न कोही नजाउन ।