राष्ट्रिय युवा संघ गोदावरी नगरको अध्यक्षमा महरा चयन

अत्तरिया : राष्ट्रिय युवा संघ नेपाल गोदावरीको अध्यक्षमा उत्तम महरा चयन भएका छन् । आज भएको युवा संघको दोश्रो गोदावरी नगर अधिवेशन बाट अध्यक्षमा महरा सर्वसम्मत चयन भएका हुन् ।

Godawari_Tato hawa_Lu

महराको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी सर्वसम्मतीले चयन गरेको हो । अन्य सदस्यहरुको टुङो अब बस्ने बैठकले लगाउने युबा संघका नेता रबिन्द्र रोक्का मगरले बताए ‌।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष अमित लामा, नेकपा एमाले गोदावरी नगरकमिटीका अध्यक्ष गोकर्ण भट्ट लगायत युबा संघका जिल्ला र प्रदेशका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.