शिक्षक र कर्मचारीलाई चुनावी प्रचारप्रसार नगर्न आयोगको निर्देशन

काठमाडौँ : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको पक्ष र विपक्षमा लागेर प्रचारप्रसार गर्ने शिक्षक र कर्मचारीलाई कारबाही प्रक्रिया प्रारम्भ भएको जनाएको छ ।

आयोगले सामाजिक सञ्जालमार्फत् पनि उम्मेदवारको पक्ष र विपक्षमा प्रचारप्रसार नगर्न भन्दै सचेत गराएको छ ।आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै शिक्षक, कर्मचारीलाई त्यसरी निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारमा नलाग्न सचेत गराएको हो ।

निर्वाचन आचारसंहिता,२०७९ ले शिक्षक, कर्मचारी, गैरसरकारी संस्थामा आबद्ध कर्मचारीहरूलाई पनि प्रचारप्रसारमा लाग्न प्रतिबन्ध लगाएको भन्दै आयोगले त्यस्ता कार्यमा संलग्न नहुन भनेको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.