अत्तरिया : स्ववियु निर्वाचन रोकिएका क्याम्पसमा तत्काल चुनाव गराउन अनेरास्ववियुका पुर्व केन्द्रिय सचिवालय सदस्य मान बहादुर महराले आह्वान गरेका छन् । उनले हिजो कैलालीको खप्तड राष्ट्रिय बहुमुखी क्याम्पसमा पुष्कर राज अवस्थी अनेरास्ववियुबाट सभापतिमा विजयी पश्चात बधाई तथा मतदाता बिद्यार्थीहरुलाई धन्यवाद दिदै यस्तो बताएका हुन् ।
पुर्व सुदुरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी ईन्चार्ज समेत रहेका महराले ताला लगाई स्ववियु निर्वाचन रोकिएका क्याम्पसमा ताला खोलेर चुनाव गराउने वातावरण सिर्जना गर्न अन्य संगठनलाई आग्रह गरे । उनले अनेरास्ववियु जस्तै विद्यार्थीहरुका हकहितका लागि लड्न सिक्नुपर्ने बताए ।
उनले सत्ता गठबन्धन एकठाउँमा र अनेरास्ववियुले एक्लै चुनाव लडेपनि देशैभरका धेरै क्याम्पसहरुमा अरु संगठन भन्दा अनेरास्ववियुले नै बढी स्ववियु निर्वाचन जितेको बताए । क्याम्पस निर्माण र विकासका निमित्त अनेरास्ववियु सधै अग्र पङ्तीमा रहेर काम गर्ने उनले बताए ।
उनले जित जसको भएपनि क्याम्पसमा सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने पनि बताए । नेता महराले अनेरास्ववियुको देशैभर जितको लहर आएको बताउदै सुदुरपश्चिमका क्याम्पसहरुमा पनि अनेरास्ववियुको बहुमत भईरहेको बताए ।