आशा लघुबित्त अत्तरिया शाखाद्धारा २ दिने सिप मुलक तालिम सम्पन्न

अत्तरिया : कैलालीको अत्तरियामा दुई दिने सिप मुलक तालिम सम्पन्न भएको छ । आशा लघुबित्त बित्तिय संस्था लिमिटेड अत्तरिया शाखाद्धारा आयोजित उक्त तालिम सोमबार सम्पन्न भएको हो ।

संस्थाले आफ्नो कार्यक्षेत्रभित्र रहेका चार ओटा पालिकाका स्थानियवासीलाई स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरेको शाखा प्रमुख गणेश भट्टले बताए । आईतबार र सोमबार दुईदिन सञ्चालन गरिएको सिप मुलक तालिममा धनगढी उपमहानगरपालिका, गौरीगंगा, गोदाबरी र कृष्णपुर नगरपालिकाका ९५ जना प्रशिक्षार्थीको सहभागिता रहेको उनले बताए ।

साबुन तथा स्याम्पु बनाउने सम्बन्धि २ दिने निःशुल्क सिप मुलक तालिम प्रदान गरिएको थियो । तालिम प्राप्त गरेर घरमै बसेर आत्मनिर्भर बन्न सकिनेमा प्रशिक्षार्थीहरु आशावादी छन् ।

त्यस्तै देशभरी लघुबित्तहरुमा भैरहेको अफबाह आन्दोलनलाई यो तालिमले चिर्ने तथा आन्दोलनको औचित्य नभएको र सबैले आफ्नो ठाउबाट आन्दोलन बहिष्कार गर्नुपर्ने तालिममा सहभागी कल्पना शाहले बताईन् । उनले कर्जा लिईसकेपछि आफुहरुले ऋण तिर्नैपर्ने बताउदै यसको समाधान आन्दोलनमात्र नभएको र समाधानको बाटो खोज्नुपर्ने उनको भनाई थियो ।

तालिमको प्रशिक्षण कल्याणी खरेलले गरेकी थिईन् । उक्त तालिमले आफ्ना ग्राहकले व्यवहारमा लागू गरि पुर्णरुपमा ब्यबसायी बन्ने कुरामा संस्था ढुक्क रहेको शाखा प्रमुख भट्टले बताए । देशभरी ५५ शाखा रहेको आशा लघुबित्तले आफ्ना ग्राहक सदस्यलाई ब्यबसायीमुलक बनाउन ५३ वटा शाखामा तालिम सम्पन्न गरिसकेको र बाँकी दुईटा शाखामा पनि निरन्तर तालिम सञ्चालन गर्ने भएको छ । प्रत्येक बर्ष तालिमको प्याकेज फरक फरक किसिमले सञ्चालन गरिने प्रशिक्षक कल्याणी खरेलले बताईन् ।

अत्तरिया शाखा अन्तर्गत एउटा उपमहानगरपालिका र तीन ओटा नगरपालिकामा १ हजार ९ सय ७६ जना बिपन्न बर्गहरुलाई ११ करोड ४९ लाख ९० हजार १ सय ४९ रुपैया रकम कर्जा लगानी रहेको र ५५ लाख २६ हजार ९ सय ६३ रुपैया बचत सङ्कल रहेको अत्तरिया शाखाले बताएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.