कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा आज मतदान 

अत्तरिया : आज सुदूरपश्चिम विश्वविद्यालय (सुप) अन्तरगतका विद्यालयहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । निर्वाचनका लागि बिहान ८ बजे देखि बेलुकी ४ बजे सम्मको समय तोकिएको छ ।

Godawari_Tato hawa_Lu

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको दुर्गालक्ष्मीमा हुने स्ववियु निर्वाचनका लागि ५ जनाले सभापतिमा उम्मदवारी दिएका छन् । सभापतिमा अनेरास्ववियुबाट पुष्पराज सुवेदी, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैठौं सयुक्त प्यानलबाट भुवन महरा, स्वतन्त्रबाट लोकराज ओझा (एलआर), अनेरास्ववियु (क्रान्तिकारी) संयुक्त प्यानलबाट पुष्करराज जोशी, स्वतन्त्र विद्यार्थी समुहबाट सरोज ठगुन्ना उम्मेदवार रहेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालय शैक्षिक र संगठन नियमावली अनुसार स्ववियु दुर्गालक्ष्मीमा १ जना सभापति, १ जना सचिव, १ जना कोषाध्यक्ष र ८ जना सदस्य प्रत्यक्षबाट निर्वाचित हुने छन । प्रत्यक्ष निर्वाचन पछि ८ जना समानुपातिकबाट छानेर उनीहरुबाटै उपसभापति र सह सचिव चयन हुने छन । दुर्गालक्ष्मी बहुमुखि क्याम्पसमा १ हजार १ सय ७२ जना मतदाता रहेका छन ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका १० क्याम्पसमा निर्वाचन हुँदैछ । जसमा बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस, मेलौलीस्थित मणिलेक बहुमुखी क्याम्पस, डोटीको उच्चाकोटस्थित सीताराम बहुमुखी क्याम्पस, डडेल्धुराको जोगबुढामा रहेको त्रिवेणी बहुमुखी क्याम्पस, कैलाली बहुमुखी क्याम्पस धनगढी, अत्तरियाको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस, बझाङको जयपृथ्वी क्याम्पस, दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पस र खलंगास्थित दार्चुला बहुमुखी क्याम्पस रहेका छन ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.