अत्तरिया : सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्ववियुको मतदान जारी रहेको छ । बिहान ८ बजे देखि सुरु भएको मतदान अहिले चलिरहेको छ ।
साढे ६ घण्टा देखि जारी रहेको मतदानमा हालसम्म ७ सय ५० जनाले मतदान गरिसकेको मतदान अधिकृत लोक बहादुर महराले जानकारी दिएका छन । उनका अनुसार अहिलेसम्म शान्तपुर्वक वातावरणमा मतदान भैरहेको छ ।
क्याम्पसमा स्ववियु सभापतिका लागि ५ जना चुनाबी मैदानमा होमिएका छन । अनेरास्ववियुबाट पुष्पराज सुवेदी, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैठौं सयुक्त प्यानलबाट भुवन महरा, स्वतन्त्रबाट लोकराज ओझा (एलआर), अनेरास्ववियु (क्रान्तिकारी) संयुक्त प्यानलबाट पुष्करराज जोशी र स्वतन्त्र विद्यार्थी समुहबाट सरोज ठगुन्ना उम्मेदवार रहेका छन् ।
क्याम्पसमा १ हजार १ सय ७१ जना मतदाता रहेका छन । आज सुदूरपश्चिम विश्वविद्यालय (सुप) अन्तरगतका विद्यालयहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । आज बिहान ८ बजे देखि शुरुभएको मतदान बेलुकी ४ बजे सम्म हुनेछ ।
दुर्गालक्ष्मीमा जारी मतदान स्थलमा मतदाता बिद्यार्थीलाई चिन्न र फर्जि मत नखसुन भन्नका लागि बिद्यार्थीको कार्ड स्क्यानिङ पनि राखिएको छ ।