अत्तरिया : कैलालीको अत्तरियामा आजबाट ज्ञान विज्ञान महोत्सव शुरु भएको छ ।

गोदावरी -२ मा रहेको राधाकृष्ण मन्दिरको स्तरोन्नतिको लागि आज (बिहीबार)देखी १६ गतेसम्म मन्दिरमा ज्ञान विज्ञान महोत्सवको आयोजना गरिएको हो ।

महोत्सब शुरु हुनु अघि स्थानियले बजारमा शोभा कलश यात्रा निकालेका छन् । बिभिन्न संघ संस्थाको सहयोगमा कलश यात्रा निकालिएको हो ।

ज्ञान विज्ञान महोत्सवबाट उठेको रकमले राधाकृष्ण योगाहल लगाएतका भौतिक संरचना बनाउने आयोजकको योजना रहेको छ ।






