धनगढी : कैलाली बहुमुखि क्याम्पसमा अनेरास्ववियुका यमराज जोशी सभापतिमा विजयी भएका छन् । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट जोशि विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का हरिस खत्रीलाई पराजित गर्दै विजयी भएका हुन् । ७ सय २२ मतसहित जोशी विजयी हुँदा उनका प्रतिद्वन्द्वी खत्रीले ७०५ मत प्राप्त गरेका छन् ।
यस्तै सचिवमा भने नेविसंघका सन्तोश पन्त ८५६ मतसहित विजयी भएका छन् । प्रतिद्वन्द्वी अनेरास्ववियूका रमेश बोहरालाई पराजित गर्दै पन्त विजयी भएका हुन् । बोहराले ५८३ मत ल्याए ।
कोषाध्यक्षमा पनि नेविसंघकै अम्बिका चौधरी विजयी भएकी छन् । प्रतिद्वन्द्वी अखिल(क्रान्तिकारी) दिनेशराज जोशीलाई पराजित गरेकी हुन् । चौधरीले ७६४ मत पाउँदा जोशीले भने ५७२ मत पाएका हुन् ।
सदस्यहरुको मत गणना जारी रहेकाले परिणाम सार्वजनिक भएको छैन् । ४ हजार ३ सय बढि मतदाता रहेको यस क्याम्पसमा २ हजार ३ सय ६८ मत खसेको थियो ।
सुदूरपश्चिम प्रदेशको सबै भन्दा ठूलो क्याम्पस कैलाली बहुमुखि क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुले) २२ बर्ष देखीको विरासतलाई निरन्तरता दिएको छ ।
२०५७ सालमा सभापतिमा डेजि पाण्डेले जिते । उनी हाल पार्टी जिल्ला सचिव छन् । २०६२ मा यज्ञराज ढुङ्गाना र २०७३ मा चुनामणि भट्ट निर्वाचित भएका थिए । अहिले पनि अनेरास्ववियुकै जोशी निर्वाचित भए ।